Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावर कम्पनीको आईपिओमा आजबाट आवेदन दिन सकिने

अर्थ संसार

मंगलबार, ०५ साउन २०७८, ०७ : ०३ मा प्रकाशित

तेह्रथुम पावर कम्पनीको आईपिओमा आजबाट आवेदन दिन सकिने

तेह्रथुम पावर कम्पनी लिमिटेडले आज साउन ५ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि साधारण सेयर (आईपिओ) को निष्काशन तथा बिक्रि खुल्ला गरेको छ । कम्पनीले असार १० गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको थियो ।

जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न लागिएको छ । यस्तै सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । 

कम्पनीले आयोजना प्रभावि क्षेत्रका स्थानिय बासिन्दाहरुले आगामी साउन ५ गते देखि छिटोमा साउन १९ र ढिलामा भदौ २ गतेसम्ममा आईपिओमा आवेदन दिनु पर्ने छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबोनमा निवेदन पेश गरेकोमा थियो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आइपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको