Like us!
Follow us!
Connect us!
Watch us!
सेयर गसिपः

सेयर गसिपः हकप्रदको हल्लाले उचालियो बरुण हाइड्रो, क्लब हाउसको झगडाले एनआईसीएल प्रभावित

अर्थ संसार

मंगलबार, ०५ साउन २०७८, १७ : ५१ मा प्रकाशित

सेयर गसिपः हकप्रदको हल्लाले उचालियो बरुण हाइड्रो, क्लब हाउसको झगडाले एनआईसीएल प्रभावित

अहिले नेपालको सेयर बजार सर्वाधिक चर्चाको बिषय बनिरहेको छ । करिब १ बर्षअघिसम्म सीमित ब्यक्ति र समूहले मात्र कारोबार गर्दै आएकोमा अहिले अनलाइन कारोबारले आम जनताहरुको पहुँचमा बजार पुगेको छ । 

अघिल्लो बर्षको बैशाखमा करिब ४ लाखको संख्यामा आईपिओमा आवेदन पर्ने गरेकोमा अहिले बृद्धि भएर करिब २२ लाखसम्मले आवेदन गरेको रेकर्ड छ ।  डिम्याट खाता खोल्ने लगानीकर्ताहरुको संख्या पनि करिब ३७ लाख पुगिसकेको छ । 

सेयर बजारमा आईपिओमा आवेदन गर्नेहरुको संख्या सँगसँगै दोस्रो बजार कारोबार गर्नेहरुको संख्यासमेत उल्लेखनीय रुपमा बृद्धि भइरहेको देखिन्छ । बजारमा लगानीकर्ताहरुको संख्या बढेपछि सेयर बजार सर्वाधिक चर्चाको विषय बन्ने गरेको हो ।

सामाजिक सञ्जाल फेसबुक, क्लब हाउस, भाइबर र ट्विटरदेखि चिया चौतारीसम्म अहिले चर्चाको विषय बन्ने गर्छ सेयर । २-४ जना साथीहरुको जमघटमा समेत अहिले राजनितिक बहस हुन छाडेर सेयर बजारमा केन्द्रीत हुने गरको देखिन्छ । 

बजारमा लगानीकर्ताहरुको उपस्थिति बढेसँगै बजारलाई प्रभावित पार्न हल्ला पनि चल्ने गर्छन्  । अझ भनौं नियोजित रुपमा यस्ता हल्ला चलाइन्छन् । । कतिपय हल्ला (गसिप) पछि सही सावित हुन्छन्, कतिपय हल्ला बजारलाई प्रभावित पारेर फाइदा लिन प्रायोजित रुपमा चलाइन्छन्। 

कुन हल्लामा कति सत्यता छ वा छैन भन्ने कुराको अध्ययन र विश्लेषण गरेरमात्र लगानी गर्दा मात्र त्यो लगानी सुरक्षित हुन्छ । बजार हल्लाका पछाडि  मात्र लागेर लगानी गर्नेहरुले क्षणिक कुनै एक दुई कम्पनीमा मुनाफा हाँसिल गर्न सक्लान् तर दीर्घकालिन रुपमा यसले नोक्सानी ब्यहोर्नु पर्ने हुन सक्छ । त्यसकारण लगानीकर्ताहरुले हल्लाको मात्र पछि लागेरभन्दा अध्ययन गरेर लगानी गर्ने बानीको विकास गर्नुपर्ने जरुरी हुन्छ । 

हामीले नियमित रुपमा यिनै बजारमा फैलिएका विभिन्न हल्ला र गसिपको बारेमा वास्तविकता सहित हाम्रा पाठकलाई पस्किने प्रयत्न गर्नेछौ । हामीले प्रकाशन गरेका विभिन्न बजारका हल्ला र गसिपकै आधारमा कुनै पनि कम्पनीको सेयर खरिद गर्न वा विक्रि नगर्न अनुरोध हाम्रा पाठकहरुलाई गर्दछौ । 

आजका गसिपहरुः 

गपिस १ः नेपालको सेयर बजार बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयर आउने हल्लले प्रभावित भएको देखिन्छ । आज यो कम्पनीको सेयर मूल्य ९.३९ प्रतिशतले बृद्धि भएर ५९४ रुपैयाँ पुगेको छ । 

आज मात्र होइन, लामो समयदेखि सेयर बजार बृतमा बरुणको हकप्रदको हल्ला फैलायर मूल्य उचाल्ने गरेको देखिन्छ । केही समयदेखि बरुणको सेयर मूल्य निरन्तर बृद्धि हुँदै आइरहेको छ । 

के हो वास्तविकताः 

२०७५ जेठ २२ गते बरुण हाइड्रोपावर कम्पनीले १ः१ को अनुपातमा हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेको थियो । कम्पनीले हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई लागि बिक्रि प्रबन्धकसमेत नियुक्त गरेको थियो । 

बरुणको हकप्रद निष्काशनको निवेदनमा बोर्डले प्रतिकृया दिँदै २०७६ जेठ ७ गते हाइड्रोपावर कम्पनीहरुको नियामक निकाय बिद्युत नियमन आयोगसँग हकप्रद निष्काशनका लागि पूर्व स्विकृत लिई स्वीकृती पत्रसहितको कागजात पेस गर्न भनेको थियो । 

त्यसपछि कम्पनीले बिद्युत नियमन आयोगमा पूर्व स्विकृतका लागि निवेदन दियो । त्यसबेला बिद्युत नियमन आयोगले बरुणलाई हकप्रद सेयर निष्काशन स्वीकृति नदिइ निवेदन खारेज गरिदिएको बिद्युत नियमन आयोगले जनाएको छ । 

यसरी रोकिएको बरुणको हकप्रद निष्काहनको प्रक्रिया हाल सम्म पुनः सुचारु हुनसकेको छैन ।  यस्तो अवस्थामा बजारमा हकप्रदको हल्ला चलाएर सेयर मूल्य उचालिएको तर्फ लगानीकर्ताहरु सचेत हुनु जरुरी छ । 

कम्पनीले हकप्रदबाट उठेको रकमको ९० प्रतिशत रकम ऋण तिर्न र बाँकी १० प्रतिशत रकम नयाँ आयोजनामा लगानी गर्ने भन्दै हकप्रद निष्काशनको अनुमति मागेको थियो । तत्कालिन अवस्थामा ऋण तिर्न का लागि हकप्रद जारी गर्न दिने व्यवस्था भने थिएन ।

अहिले बिद्युत नियमन आयोगले ऋण तिर्नकै लागि निरन्तर नाफामा गएका हाइड्रोपावर कम्पनीहरुलाई हकप्रद जारी गर्नदिने निति अवलम्बन गर्ने तयारी गरेकाले बरुण हाइड्रो पुनः हकप्रद निष्काशनको पुर्व स्विकृतिका लागि नियमन आयोग जाने तयारीमा रहेको कम्पनी स्रोतको दावि छ । 

गसिप २ः 
आज नेपालको सेयर बजारमा गसिपको अर्को महत्वपूर्ण बिषय बनेको छ क्लब हाउसको चर्काचर्की । क्लब हाउसमा सोमबार छलफलका क्रममा दुई जनाको समूहबीच क्लव हाउसमा चर्काचर्की भएको थियो ।  

हिजो क्लब हाउसमा एनआइसीएल कम्पनीका बिषयमा दुई समूहका बीच चर्काचर्की भएको थियो । त्यही चर्काचर्कीकै प्रभाव स्वरुप आज कम्पनीको सेयर मूल्यमा गिरावट आएको कतिपय लगानीकर्ताहरुको तर्क छ ।  

नेपालको सेयर बजारका एक ठूला लगानीकर्ताले आफ्नो प्रिमियम इलाइट सेयर ग्रुप भन्ने समूहमा एनआइसिएल बुम बुम’ भन्ने शिर्षकमा छलफल चलाएपछि दुई समूहको चर्काचकी परेको हो ।

 एनआईसिएल बुम बुम’ को नामबाट क्लब हाउसमा छलफल चलाएपछि अर्का एक लगानीकर्ताले सामाजिक सञ्जालमार्फत बिरोध जनाएका थिए । यसकै कारण यी दुई समूका वीच सार्वजनिक रुपमै आरोपप्रत्यारोप भयो । 

यी दुई समूह विच केहि दिन अघि पनि क्लब हाउस मै चर्काचर्की परेको थियो ।

नोटः हामीले सेयर बजारमा चलेका गसिपहरुबारे हाम्रा पाठकलाई जानकारी दिने उद्देश्यले मात्र यो स्तम्भ सूरु गरेका हौं । यसलाई लगानीकर्ताहरुले पनि गसिपकै रुपमा बुझ्नुहुन्छ भन्ने अपेक्षा गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको