तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने संकलन केन्द्र थपिएकाे छ ।
कम्पनीकाे आईपीओमा यसअघि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बंगलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरी खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिने व्यवस्था गरिएकोमा अब सप्तकोशी डेभलपमेन्ट बैंक, बसन्तपुर शाखा, तेह्रथुमबाट पनि आवेदन दिन सकिने भएको हो ।
कम्पनीले साउन ५ गतेदेखि तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि छिटोमा साउन १९ र ढिलामा भदौ २ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस