Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अपडेट : २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, एक कम्पनीकाे काराेबार सर्किट लेभलमा

नेप्से

सोमबार, ११ साउन २०७८, १२ : १२ मा प्रकाशित

नेप्से अपडेट : २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, एक कम्पनीकाे काराेबार सर्किट लेभलमा

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार विशाल बजार कम्पनी लिमिटेड र रिडी हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । विशाल बजार कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ७ हजार ३ सय ८५ रूपैयाँ ८० पैसा पुगेकाे छ । त्यस्तै, रिडी हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय १६ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे काराेबार पनि सकारात्मक सर्किट लेभलमा भइरहेकाे छ । ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.८९ प्रतिशतले बढेर ८ सय ३९ रूपैयाँ पुगेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २.७८ अंकले बढेर ३०६१.४४ विन्दुमा पुगेकाे छ ।

60fe56a1dcbf7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको