Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले बनायो अल टाइम हाइ रेकर्ड, हाइड्राेमा लगानीकर्ताको आकर्षण

नेप्से

मंगलबार, १२ साउन २०७८, १४ : ५५ मा प्रकाशित

नेप्सेले बनायो अल टाइम हाइ रेकर्ड, हाइड्राेमा लगानीकर्ताको आकर्षण

सेयर बजारमा आज फेरि अल टाइम हाइ रेकर्ड बनेकाे छ । नेप्से परिसूचकले यसअघिकाे नयाँ रेकर्ड ताेड्दै हालसम्मकै उच्च विन्दुमा पुगेकाे हाे । मंगलबार नेप्से परिसूचक ३०७९.६७ विन्दुमा पुगेकाे छ । यसअघि यही आइतबार नेप्से परिसूचक ३०५८.६३ विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेकाे थियाे । नेप्सेले आज साेही विन्दु ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । याे बन्द हुँदाकाे उच्च विन्दु हाे । इन्ट्रा डे काराेबारमा भने नेप्से परिसूचक यसमाथि पुगिसकेकाे छ । 

नेप्से परिसूचकका साथसाथै काराेबार रकममा पनि उत्साह जारी नै छ । चालु आर्थिक वर्ष सुरू भएसँगै सेयर बजारमा फेरि चमक सुरू भएको छ । नेप्सेले फेरि नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू पनि उत्साहित छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २९.२४ अंकले बढेर ३०७९.६७ मा पुगेकाे छ । नेप्से ०.९६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.१९ अंकले बढेर ५७४.३० मा पुगेको छ ।

कूल २२५ वटा कम्पनीकाे ३ कराेड २३ लाख ५५ हजार २ सय ६० कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60ffd1e3f0809.jpg

60ffd1e855732.jpg

१३ उपसमूहकाे अवस्था :

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

60ffd1eec03d2.jpg

सर्वाधिक काराेबार हुने १० कम्पनी :

मंगलबार सर्वाधिक कारोबार हुने १० कम्पनीहरूमा क्रमश एनआईसी एशिया बैंक, अपि पावर, युनाइटेड मोदी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, नेशनल हाइड्रोपावर, नबिल बैंक, हिमालयन डिष्टीलरी, अरूण भ्याली हाइड्रोपावर, नेपाल बैंक र नेपाल पूनर्बीमा कम्पनी रहेका छन् ।

60ffd27dd04b2.jpg

सर्वाधिक मूल्य बढ्ने १० कम्पनी :

मंगलबारकाे बजारमा हाइड्राेपावरमा लगानीकर्ताहरूको आकर्षण बढेकाे देखिएकाे छ । यस दिन ५ वटा हाइड्राेकाे सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा ६ वटा हाइड्राेकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ ।

मंगलबार सर्वाधिक मूल्य बढ्ने १० कम्पनीहरूमा क्रमश घलेम्दी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, जोशी हाइड्रोपावर, सिनर्जी पावर, खानीखोला हाइड्रोपावर, मल्टिपर्पस फाइनान्स, नेपाल हाइड्रो डेभलपर्स, जानकी फाइनान्स, हिमालयन उर्जा र युनिभर्सल पावर रहेका छन् ।

60ffd283017a1.jpg

सर्वाधिक मूल्य घट्ने १० कम्पनी :

मंगलबार सर्वाधिक मूल्य घट्ने १० कम्पनीहरूमा क्रमश सपोर्ट लघुवित्त, उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, जनउत्थान लघुवित्त, एभरेष्ट इन्स्योरेन्स संस्थापक सेयर, समता लघुवित्त, महुली सामुदायिक लघुवित्त, सबैको लघुवित्त र सारथी नेपाल लघुवित्त रहेका छन् ।

60ffd28952f70.jpg

याे पनि :

कुन कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण? अब के होला? Forecast : Shrawan 10-14 | Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको