Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावर पार्टनरको सेयरमा चलखेल, एकै कारोबारमा ६.४ प्रतिशतले घट्यो सेयर मूल्य

अर्थ संसार

मंगलबार, १२ साउन २०७८, १६ : १६ मा प्रकाशित

हिमालयन पावर पार्टनरको सेयरमा चलखेल, एकै कारोबारमा ६.४ प्रतिशतले घट्यो सेयर मूल्य

सेयर बजारमा चलखेल गरेर निश्चित कम्पनीको सेयर मूल्य घटाउने समुह पछिल्लो समय सक्रिय देखिएकोे छ । प्रविधिले नदिने कारोबारसमेत गरेर यस्ता समुहले सेयर मूल्यमा ठूलो अन्तर पार्ने गरेको पाइएको छ । यसको पछिल्लो उदाहरण बनेको छ हिमालयन पावर पार्टनर कम्पनी । 

हिमालयन पावर पार्टनरको मंगलबारको अन्तिम कारोबारमा कम्पनीको सेयर मूल्य झण्डै साँडे ६ प्रतिशत मूल्य घटाएर गरेको पाइएको छ । जबकि नेप्सेको प्लेटफर्ममा एउटाबाट अर्को कारोबार गर्न २ प्रतिशतभन्दा बढी मूल्य घटाएर वा बढाएर सेयर खरिद बिक्री अर्डर गर्न समेत पाइँदैन । हिमालयन पावर पार्टनरको दोस्रो अन्तिम सेयर कारोबार ६३९ रुपैयाँमा भएकोमा अन्तिम कारोबारमा भने मूल्य ४१ रुपैयाले घटेर ५९८ रुपैयाँमा बन्द भएको छ ।  कम्पनीको अन्तिम कारोबारमा ५९८ रुपैयाँमा १० कित्ता किनबेच भएको छ ।  

कम्पनीको सेयर मूल्य ६३९ बाट ५९८ मा पुग्दा भएको १० कित्ता सेयर ५० नम्बर ब्रोकरले बेचेर ४२ नम्बर ब्रोकरले किनेको हो । ६३९ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य एक्कासी ५९८ रुपैयाँ कसरी पुग्यो ? अघिल्लो कारोबार ६३९ रुपैयाँमा भएको देख्दा देख्नै कसले ५९८ रुपैयाँमा बिक्रि गर्छ ? 

सामान्यतः अन्तिम कारोबार मूल्य भन्दा २ प्रतिशत सम्ममात्र सेयर मूल्य बढाएर वा घटाएर सेयर कारोबार गर्न पाउने व्यबस्था छ । 

यस्तै पोखरा फाइनान्सको सोमबारको कारोबारको चौथो अन्तिम र अन्तिम कारोबार झण्डै साँडे ६ प्रतिशत मूल्य घटाएर गरेको पाइएको छ । फाइनान्सको अघिल्लो सेयर कारोबार ७८० रुपैयाँमा भएकोमा अन्तिम कारोबार मूल्य ७२८ रुपैयाँमा बन्द भएको छ ।  कम्पनीको अन्तिम चौथो कारोबारमा ७८० रुपैयाँमा ५० कित्ता किनबेच भएको छ । एक्कासी अन्तिम तेस्रो कारोबारमा भने कम्पनीको ७३० रुपैयाँमा ३८४ कित्ताको सेयर किनबेच भएको देखिन्छ ।

यसै गरी केही साता अघि नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि अन्तिम समयमा ठूलो मात्रामा घटाएर कारोबार भएको थियो । त्यसबेला पनि चलखेल भएको भन्दै लगानीकर्ताहरुले छानविन गर्न नियामक निकाय धितोपत्र बोर्डलाई गुहारेका थिए । यसरी खुल्ला रुपमा चलखेल हुँदा पनि नियामक निकायले छानविन गर्न चासो दिएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको