Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

नेप्से

बुधबार, १३ साउन २०७८, १३ : ४७ मा प्रकाशित

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ ।

कम्पनीकाे ६० लाख ८४ हजार एक सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि JBLB सिम्बाेल पाएकाे छ । अब भाेलि बिहीबारबाट काराेबार सुरू हुनेछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

संस्थाको आईपीओमा परेको आवेदनमध्ये २० लाख १८ हजार ३ सय ८ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा बढीमा ११ कित्ता र थाेरैमा १० कित्ता बाँडफाँड गरिएकाे थियाे । आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ताका दरले सेयर पाएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको