Like us!
Follow us!
Connect us!
Watch us!

लाभांशकाे नकारात्मक प्रभाव : जीवन विकास लघुवित्तको सेयरमूल्य टप लुजरकाे पहिलाे नम्बरमा

अर्थ संसार

सोमबार, ०८ फागुन २०७९, १३ : १० मा प्रकाशित

लाभांशकाे नकारात्मक प्रभाव : जीवन विकास लघुवित्तको सेयरमूल्य टप लुजरकाे पहिलाे नम्बरमा

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले घाेषणा गरेकाे लाभांशकाे नकारात्मक प्रभाव संस्थाकाे सेयरमूल्यमा देखिएकाे छ । दाेश्राे बजारमा आज काराेबारकाे प्रारम्भदेखि नै संस्थाकाे सेयरमूल्य घट्दाे क्रममा छ । 

याे समाचार तयार पार्दासम्म संस्थाकाे सेयरमूल्य ८.१२ प्रतिशतले घटेर २ हजार ४ सय ९१ रूपैयाँमा झरेकाे छ ।

जीवन विकास लघुवित्तले घटाएर गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

संस्थाले आजै मात्र लाभांश घोषणाको सूचना सार्वजनिक गरेको थियो । संस्थाको फागुन ६ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको  २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको