Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको वित्तीय विवरण : नाफा ४० करोडमा झर्याे, ईपीएस ३४ रूपैयाँले घट्यो

अर्थ संसार

विहीबार, ३२ साउन २०८०, १४ : २४ मा प्रकाशित

जीवन विकास लघुवित्तको वित्तीय विवरण : नाफा ४० करोडमा झर्याे, ईपीएस ३४ रूपैयाँले घट्यो

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाकाे खुद नाफा ४० करोड ५२ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम अघिल्लाे वर्षको सोही अवधिको तुलनामा ५०.०९ प्रतिशतले थाेरै हाे । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाले ८१ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

व्याज आम्दानी

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ९.०४ प्रतिशतले घटेर १ अर्ब ४९ करोड ३० लाख रूपैयाँमा झरेकाे छ । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १ अर्ब ६४ करोड १३ लाख ९९ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

चाैथाे त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा ५०.०९ प्रतिशतले घटेर ५७ करोड ८९ लाख २८ हजार रुपैयाँमा सिमित छ । अघिल्लाे वर्ष संस्थाले १ अर्ब १५ कराेड ९८ लाख ५८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

वितरणयोग्य नाफा

संस्थाकाे वितरणयोग्य नाफा २६ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको छ । 

चुक्ता पुँजी

संस्थाको चुक्ता पुँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

जगेडा कोषमा १ अर्ब ४ करोड ३१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी

संस्थाकाे वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ३४ रुपैयाँ ४१ पैसाले घटेर ३४ रुपैयाँ २८ पैसामा सिमित भएकाे छ ।

प्रतिसेयर नेटवर्थ

संस्थाकाे प्रतिसेयर नेटवर्थ २६३ रुपैयाँ ७ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको