Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको लाभांशमा राष्ट्र बैंकको दोस्रो पटक कैँची, अब कति लाभांश ?

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, ०७ : २४ मा प्रकाशित

जीवन विकास लघुवित्तको लाभांशमा राष्ट्र बैंकको दोस्रो पटक कैँची, अब कति लाभांश ?

बैंक तथा वित्तिय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले जीवन विकास लघुवित्तको लाभांश घटाइदिएको छ । संस्थाको संचालक समिती बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको  २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

राष्ट्र बैंकको निर्देशनपछि भने संस्थाले लाभांश घटाएर चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ७.१५ प्रतिशत नगद गरी कुल ३३.१५ प्रतिशत लाभांश मात्रै वितरण गर्ने जनाएको थियो ।

तर संस्थाले साधारणसभाको सूचना प्रकाशन गर्दा लाभांश ५० प्रतिशतले घटेर प्रकाशन गरेको छ । अब कम्पनीले आर्थिक बर्ष २०७८÷०७९ को मुनाफाबाट १४.२८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१४१ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । 

कम्पनीले चैत्र ३० गते मोरङको कटहरी स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको छ । 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले चैत १७ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको