Like us!
Follow us!
Connect us!
Watch us!

सामलिङ्ग पावर कम्पनीको आईपिओ साउन २२ गतेबाट

अर्थ संसार

विहीबार, १४ साउन २०७८, ०६ : ०७ मा प्रकाशित

सामलिङ्ग पावर कम्पनीको आईपिओ साउन २२ गतेबाट

सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेबाट आईपिओको निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले पहिलोचरणमा आयोजना प्रभावित क्षेत्रका स्थानियहरुका लागि बिक्रि खुल्ला गर्ने भएको हो । 

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ३१ गते आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।

यो मध्य कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल सेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

आईपिओमा छिटोमा भदौ ४ गते र भने ढिलोमा भदौ २० गते सम्ममा आवेदन दिनुपर्ने छ । आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ । कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ । 

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

उर्जा डेभलपर्स प्राइभेट लिमिटेडको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडले इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाबाट वार्षिक उत्पादन हुने ५३.२८ गिगावाट उर्जा ईलाम जिल्लाको गोदक स्थित नेपाल विद्युत प्राधिकरणको ३३र१३२ के.भी गोदक सवस्टेसन मार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको