Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकाे अवसर : ३ कम्पनीले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, ११ : २४ मा प्रकाशित

लगानीकाे अवसर : ३ कम्पनीले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्न विभिन्न ३ वटा कम्पनीलाई अनुमति प्रदान गरेकाे छ । बाेर्डले न्यादी हाइड्राेपावर कम्पनी लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएकाे हाे ।

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै मंसिर १० गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे थियाे । सेबाेनले श्रावण ११ गते अनुमति दिएकाे हाे । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै माघ ८ गते, बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे थियाे । सेबाेनले श्रावण १४ गते अनुमति दिएकाे हाे । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न निवेदन पेश गरेकाे हाे । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आइपिओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

साहस उर्जा कम्पनी लिमिटेड

साहस उर्जा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे थियाे । सेबाेनले श्रावण १४ गते अनुमति दिएकाे हाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले यसअघि नै प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरिसकेकाे छ ।

6103930431273.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको