मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते, बिहीबारबाट निष्कासन गरेकाे साधारण सेयर (आईपिओ) मा मागभन्दा २१.५८ गुणा धेरै आवेदन परेकाे छ ।
निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शुक्रबारसम्ममा १० लाख ८१ हजार ८ सय जना लगानीकर्ताले १ अर्ब ४७ करोड ६१ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६१ हजार कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि खुल्ला गरिएकाे ६ लाख ८४ हजार ७ सय ४६ कित्ता भन्दा २१.५८ गुणा धेरै आवेदन हो ।
कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नेपाल धितोपत्र बोर्डले असार २३ गते, बुधबार अनुमति प्रदान गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपिओमा साउन १४ गते देखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आईपिओमा आवेदन दिनुपर्नेछ । कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस