Like us!
Follow us!
Connect us!
Watch us!

१० अर्बले साँघुरियो बजार

आइतबार, ०७ कार्तिक २०७३, १० : ०५ मा प्रकाशित

१० अर्बले साँघुरियो बजार

साताको सेयर

अर्थ संसार 
काठमाडौं–साप्ताहिक कारोबारमा सेयर बजार परिसूचक नेप्से ९ दशमलव २७ अंकले घट्यो । दसैंअघिको साता परिसूचक ५६ दशमलव १० अंकले बढेको थियो । कारोबारको पहिलो दिन १ हजार ८ सय ३ दशमलव ७४ मा रहेको नेप्से अन्तिम दिन १ हजार ७ सय ९४ दशमलव ४७ विन्दुमा पुगेको छ । यो साता बिहीबारबाहेक सबै कारोबार दिनमा नेप्से घट्यो । 

साताभर १ सय ४९ कम्पनीका सेयर कारोबार भएको छ । १७ हजार १ सय ८६ वटा कारोबारबाट ३८ लाख ९० हजार कित्ता सेयर खरिद, बिक्री भए । ती किनबेचबाट ३ अर्ब १ करोड २८ लाख रुपैयाँ बराबरका सेयर कारोबार भयो । यसअघि कारोबार भएको साता ४ अर्ब ७५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको आजको कान्तिपुर दैनिकमा छ । 

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव १६ अंकले घट्यो । यस्तै, व्यापारमा रहेका सबै कम्पनीको कारोबार मापक फ्लोट परिसूचक ० दशमलव ९३ अंकले ओरालो लाग्यो । यो साता कारोबार रकम ९३८ करोड ६२ लाख ८० हजार रुपैयाँ० का आधारमा कुमारी बैंक सबैभन्दा अघि छ । कारोबार सेयर संख्या ९६ लाख २८ हजार कित्ता० र कारोबार संख्या ९२ हजार १ सय ४८ वटा० का आधारमा पनि कुमारी बैंक नै अग्रस्थानमा रह्यो । 

साप्ताहिक कारोबारमा सबैभन्दा धेरै हिस्सा वाणिज्य बैंक समूहको रह्यो । पाँच दिनको कुल कारोबारमा बैंकिङ समूहले ५४ दशमलव ५४ प्रतिशत हिस्सा ओगटेको छ । गत साता यो समूहको बजार हिस्सा ५० दशमलव ८७ प्रतिशत थियो । त्यसपछिको बजार हिस्सा बिमा र विकास बैंक समूहअन्तर्गतका कम्पनीको रह्यो ।

साताको कुल कारोबारमा बिमा समूहको हिस्सा करिब ३४ दशमलव ९६ प्रतिशत र विकास बैंकको हिस्सा १० दशमलव २ प्रतिशत रहेको छ । यसैगरी, वित्त कम्पनी समूहको हिस्सा १ दशमलव ०१ प्रतिशत, होटलको १ दशमलव २६ प्रतिशत, जलविद्युत्को ३ दशमलव ५१ प्रतिशत, उत्पादन तथा प्रशोधनको ० दशमलव ५१ प्रतिशत र संस्थापक सेयरको २ दशमलव ५३ प्रतिशत छ ।

सामूहिक लगानीकोषको हिस्सा ० दशमलव ११ प्रतिशत र लघुवित्त संस्थाको हिस्सा १ दशमलव १७ प्रतिशत रहेको नेप्सेले जनाएको छ । साप्ताहिक कारोबारमा सेयर बजारको आकार करिब १० अर्ब रुपैयाँले साँघुरिएको छ । आइतबार १९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण बिहीबार १९ खर्ब ८८ अर्ब रुपैयाँमा झरेको छ । 

साप्ताहिक कारोबारमा जलविद्युत्, ‘अन्य’ र बिमाबाहेक सबै समूहका सेयरधनीको सम्पत्ति घट्यो । तीमध्ये पनि बैंकिङ र होटल समूहअन्तर्गतका कम्पनीहरूका सेयरधनीले केही बढी नोक्सान बेहोर्नु पर्‍यो । साप्ताहिक कारोबारमा बैंकिङ समूहको परिसूचक १५ दशमलव ५७ अंक र होटल समूहको परिसूचक ५७ दशमलव ८८ अंकले ओरालो लागे ।

यस्तै, विकास बैंक समूहको परिसूचक ५ दशमलव ८, वित्त कम्पनीको १२ दशमलव २९ र उत्पादन तथा प्रशोधनको १३ दशमलव ९१ अंकले ऋणात्मक रहे । तर, जलविद्युत् समूहका लगानीकर्ताको सम्पत्ति २७ दशमलव ०७, बिमाको १७ दशमलव ५७ र ‘अन्य’ को ५ दशमलव ४९ अंकले बढ्यो । 

यो साता पनि नेप्सेको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन । यो साता सांग्रिला डेभलपमेन्ट बैंक र रियालवल डेभलपमेन्ट बैंकको बोनस सेयर, सांग्रिला बैंककै हकप्रद सेयर र एनएमबी बैंकको साधरण सेयर नेप्सेमा सूचीकृत भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको