Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तसहित २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

आइतबार, १७ साउन २०७८, १२ : ३६ मा प्रकाशित

जीवन विकास लघुवित्तसहित २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ८८ रूपैयाँ पुगेकाे छ । त्यस्तै, घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ८६ रूपैयाँ १० पैसा पुगेकाे छ ।

त्यसैगरी, कालिका पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९१ प्रतिशतले बढेर ६ सय ४३ रूपैयाँ पुगेकाे छ । सीनर्जी पावर डेभलपमेन्ट लिमिटेडकाे सेयरमूल्य पनि ९.०९ प्रतिशतले बढेर ६ सय ६० रूपैयाँ पुगेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६.८५ अंकले बढेर ३०८६.६५ विन्दुमा पुगेकाे छ ।

610645ee6e957.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको