Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले किन भावनात्मक हुनुहुँदैन ? भावनात्मक बन्दा झुन्झुन्वालाले यसरी गुमाए ७०० करोड

अर्थ संसार

आइतबार, १७ साउन २०७८, १३ : १८ मा प्रकाशित

लगानीकर्ताले किन भावनात्मक हुनुहुँदैन ? भावनात्मक बन्दा झुन्झुन्वालाले यसरी गुमाए ७०० करोड

राकेश झुन्झुन्वाला भारतीय सेयर बजारका सबैभन्दा प्रसिद्ध खेलाडी हुन् । उनी ८ हजार रुपैयाँ लिएर सेयर बजारमा प्रवेश गरेका थिए । हाल उनी भारतको स्टक मार्केटका सबैभन्दा ठूला लगानीकर्ता बन्न सफल भएका छन् ।

राकेश झुन्झुन्वालाले सन् २००४ मा क्रिसल कम्पनीको २७ करोड रूपैयाँ मूल्यको सेयर बेचेर एउटा फ्ल्याट किनेका थिए । उनलाई उनकी आमाले "छोरा तँ किन कागजमा मात्र लगानी गर्छस् किन सम्पत्ति जोड्दैनस्" भनेपछि उनले आमाको कुरा सुन्दै त्यो समयमा २७ करोडको सेयर बेचेर फ्ल्याट खरिद गरेका थिए ।

पछि सन् २०१५ मा झुन्झुन्वालाले उक्त फ्ल्याट ४८ करोड रूपैयाँमा बेचे । त्यो समयमा उनले उक्त फ्ल्याटमा गरेको लगानीबाट २१ करोड रूपैयाँ मुनाफा कमाए । तर उनले सन् २००४ मा जुन कम्पनीको सेयर बेचेर फ्ल्याट किनेका थिए उक्त सेयरको मूल्य भने त्यतीबेला ७०० करोड रूपैयाँ पुगिसकेको थियो । यो बीचमा उक्त कम्पनीले करिब ५० करोड रूपैयाँ बराबरको नगद लाभांश वितरण गरिसकेको थियो ।

सन्देश 

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरू कहिल्यै भावनामा बग्नु हुँदैन । आफूले गरेको लगानीलाई कसैको वा आफ्नै भावनासँग जोडेर बेच्ने वा किन्ने काम गर्दा त्यसले लगानीकर्ताहरूलाई फाइदा गराउन सक्दैन भन्ने सन्देश झुन्झुन्वालाको यो घटनाले दिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको