Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय बजारका बिग बुल राकेश झुनझुनवाला : एक महिनामै दुई स्टकबाट कमाए ८३२ करोड

अर्थ संसार

बुधबार, ३० चैत्र २०७८, १२ : १८ मा प्रकाशित

भारतीय बजारका बिग बुल राकेश झुनझुनवाला : एक महिनामै दुई स्टकबाट कमाए ८३२ करोड

भारतका ४८ औं धनी व्यक्ति एबम् चर्चित लगानीकर्ता राकेश झुन्झुनवालाले एक महिनाको अवधिमा २ ओटा कम्पनीको सेयरबाट ₹८३२ करोड कमाएका छन्। 

राकेश झुन्झुनवाला र उनकी श्रीमती रेखा झुन्झुनवालाले १० करोड ७ लाख ५३ हजार ९ सय ३६ स्टार हेल्थ कम्पनीको शेयर होल्ड गरेका थिए जुन सेयर कम्पनीको १७.५०% सेयर हो। 

झुन्झुनवालाले स्टार हेल्थ र मेट्रो ब्राण्ड नामक २ कम्पनीको सेयर खरिद गरेपछि उनको नेटवर्थमा ८३२ करोड एकै महिनामा वृद्धि भएको थियो। यो एक महिनाको अवधिमा उनले खरिद गरेको स्टार हेल्थको सेयर मूल्य ६८६.६० भारु बाट उच्च वृद्धिका साथ ७४१.१० भारु भएको थियो र उनले छोटो अवधिमै कम्पनीको प्रति सेयरमा ५४.५० भारु नाफा कमाएका छन त्यस्तै गरी गत १ महिनामा उनले मेट्रो  ब्राण्ड नामक कम्पनीको प्रती सेयरमा ७२.०५ भारु नाफा कमाउन सफल भएका छन्। उनले मेट्रो ब्राण्डको शेयर खरिद गर्दा प्रती सेयर ५३१.९५ भारु परेको थियो भने छोटो समयमा नै सेयर मूल्यमा अत्यधिक वृद्धि आई प्रती सेयर ६०४ भारु पुगेको थियो। यी २ कम्पनीहरु भारतीय सेयर बजारमा हालसालै सूचीकृत भएका थिए 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको