Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार भएन

नेप्से

सोमबार, १८ साउन २०७८, ११ : ०३ मा प्रकाशित

यसकारण नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार भएन

नेपाल स्टक एक्सचेञ्जमा आज (साउन १८ गते, साेमबार) मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार हुन सकेन । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच नभएपछि काराेबार हुन नसकेकाे हाे ।

अब आज कम्पनीकाे सेयर काराेबार हुँदैन ।  स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच भएपछि मात्र रेगुलर काराेबार खुल्ने प्रावधान छ ।

जस अनुसार अब भाेलि (मंगलबार) फेरि स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे कारोबार खुल्नेछ । साे सेसनमा काराेबार भएमा मात्रै नियमित काराेबार हुनेछ ।

हिजाे संस्थाकाे १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MKLB सिम्बाेल पाएकाे छ । 

संस्थाले असार १७ गते बिहीबारदेखि असार २१ गते साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको