Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना स्मार्ट लघुवित्तकाे साधारण सभा आज : १७ प्रतिशत लाभांश पारित हुँदै

अर्थ संसार

सोमबार, १९ पुस २०७८, ०६ : ४४ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तकाे साधारण सभा आज : १७ प्रतिशत लाभांश पारित हुँदै

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा आज हुँदैछ । संस्थाकाे मंसिर २४ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा आज (पाैष १९ गते, साेमबार) हाेटल पाैवा, सिद्धार्थनगर-६, रूपन्देहीमा दिउँसाे २ बजेबाट सुरू हुनेछ ।

सभामा संस्थाको कार्तिक १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ति र पारिश्रमीक अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीकाे तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूकाे निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ४ गतेबाट पाैष १९ गतेसम्म बुकक्लाेज गरेकाे छ । त्यसैले पाैष १ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको