Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना स्मार्टलाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने सम्झौता

अर्थ संसार

विहीबार, ०७ भदौ २०८०, १० : ४० मा प्रकाशित

मनकामना स्मार्टलाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने सम्झौता

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेलाई समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्झौता भएको छ ।

यी २ संस्थाबीच आज बिहान प्राप्ति सम्बन्धी सम्झौता भएको हो । रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रजिष्टर्ड कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लि. लाई काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ मा रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहेको समता घरेलु लघुवित्त वित्तीय संस्था लि. ले प्राप्ति (एक्विजिशन) गर्ने गरि प्रारम्भिक समझदारीपत्र (MOU) मा आज भदाै ७ गते बिहान १०:१५ बजे हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको संस्थाले जनाएकाे छ ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ३ र ७ मा भएको व्यवस्था बमोजिम संस्थाको आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का राखी सोको जानकारी उपलब्ध गराईदिन संस्थाले नेप्सेलाई आग्रह गरेको छ  ।

64e6e3ba2d0cf.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको