Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना स्मार्ट लघुवित्तको नाफामा व्यापक गिरावट, ईपीएस कति ?

अर्थ संसार

बुधबार, १९ माघ २०७८, ०७ : ३३ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको नाफामा व्यापक गिरावट, ईपीएस कति ?

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ३ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४७.३२ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले १ करोड ९७ लाख १९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने १३.९५ प्रतिशतले बढेर ३ करोड ९८ लाख ३६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ३ करोड ४९ लाख ५७ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा बढेर २५ लाख ६२ हजार रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा संस्थाको संचालन मुनाफा ५२ करोड ३५ लाख रुपैयाँ ऋणात्मक थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १४ करोड १७ लाख ४५ हजार रुपैयाँ र जगेडा कोषमा २ करोड ८१ लाख ५० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ६६ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको