काेराेना भाइरसकाे संक्रमण झनै बढ्न थालेपछि कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन गरिने भएकाे छ । कोरोना भाइरसको जोखिम झनै बढ्न थालेको भन्दै कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।
परीक्षा स्थगन गरिएपछि आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा भने शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको छ ।
कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट भदौ ९ गतेसम्म हुने भनिएकाे थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस