साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सामान्य सुधार देखिएकाे छ । आइतबार पनि सेयर बजार झिनाे अंकले बढेकाे थियाे ।
घट्ने र बढ्ने सेयर बजारकाे नियम नै हाे । अब माैद्रिक नीति पनि सार्वजनिक हुने बेला भएकाे छ । याे वर्षकाे माैद्रक नीति बजारमैत्री आउने विश्वास गरिएकाे छ । सूचीकृत कम्पनीहरूले चाैथाे त्रैमासकाे वित्तीय विवरण पनि धमाधम सार्वजनिक गरिरहेका छन् । अब फेरि सूचीकृत कम्पनीहरूले लाभांश घाेषणा गर्ने बेला आएकाे छ । अहिले सेयर बजारकाे सिजन हाे । साउन मसान्तसम्म सेयर बजारले नयाँ गती लिने विश्लेषकहरूले तर्क गरेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४.०६ अंकले बढेर ३०८५.०७ विन्दुमा पुगेकाे छ । नेप्से ०.१३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३० अंकले बढेर ५७२.४६ मा पुगेको छ ।
कूल २२६ वटा कम्पनीकाे २ कराेड १८ लाख ९४ हजार २ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार काराेबार भएका कूल १३ उपसमूहमध्ये, ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ ।
साेमबार लघुवित्त कम्पनीहरूमा लगानीकर्ताकाे आकर्षण बढेकाे देखिएकाे छ । लघुवित्तहरूले आकर्षक वित्तीय विवरण सार्वजनिक गरिरहँदा लगानीकर्ताकाे ध्यान लघुवित्ततर्फ माेडिएकाे हाे ।
यस दिन २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । गुराँस लघुवित्त र घलेम्दी हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।
साेमबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : अरूण काबेली, युनिभर्सल पावर, फर्स्ट माइक्राेफाइनान्स, नागरिक लगानी काेष, रिडी हाइड्राेपावर, समृद्धि फाइनान्स, ङादी ग्रुप पावर, हिमाल दाेलखा हाइड्राेपावर, सीनर्जी पावर र अरूण भ्याली हाइड्राेपावर रहेका छन् ।
साेमबार नेपाल हाइड्राे डेभलपर्स, युनाइटेड इदी मर्दी, लक्ष्मी इक्विटी फण्ड, हिमालयन पावर, बरूण हाइड्राेपावर लगायतका कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस