Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से नयाँ उचाईमा, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै

नेप्से

मंगलबार, १९ साउन २०७८, १४ : ५१ मा प्रकाशित

नेप्से नयाँ उचाईमा, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै

सेयर बजारमा आज (मंगलबार) फेरि अल टाइम हाइ रेकर्ड बनेकाे छ । नेप्से परिसूचकले यसअघिकाे नयाँ रेकर्ड ताेड्दै हालसम्मकै उच्च विन्दुमा पुगेकाे हाे ।

बुधबार नेप्से परिसूचक ३१११.०९ विन्दुमा पुगेकाे छ । गत बुधबार ३०९४.९४ विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेकाे थियाे । नेप्सेले आज साेही विन्दु ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । याे बन्द हुँदाकाे उच्च विन्दु हाे । इन्ट्रा डे काराेबारमा भने नेप्से परिसूचक यसमाथि पुगिसकेकाे छ । 

सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू उत्साहित छन् । लगानीकर्ताहरूकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ । 

अब माैद्रिक नीति पनि सार्वजनिक हुने बेला भएकाे छ । याे वर्षकाे माैद्रक नीति बजारमैत्री आउने विश्वास गरिएकाे छ । सूचीकृत कम्पनीहरूले चाैथाे त्रैमासकाे वित्तीय विवरण पनि धमाधम सार्वजनिक गरिरहेका छन् । अब फेरि सूचीकृत कम्पनीहरूले लाभांश घाेषणा गर्ने बेला आएकाे छ । अहिले सेयर बजारकाे सिजन हाे । त्यसैले सेयर बजारले नयाँ गती लिने विश्लेषकहरूले तर्क गरेका छन् ।

लगानीकर्ताहरूले सधैँभरी राम्रा कम्पनीहरू छनाेट गरेर लगानी गर्नुपर्दछ । लगानी गर्नुअघि आफूले लगानी गर्ने कम्पनीकाे बारेमा राम्ररी अनुसन्धान गर्नुपर्दछ । अनि आफूभन्दा विज्ञहरूसँग सरसल्लाह गरी सुझाव लिएर लगानी गर्नु उपयुक्त हुन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ विन्दुमा पुगेकाे छ । नेप्से ०.८४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.०६ अंकले बढेर ५७७.५२ विन्दुमा पुगेको छ ।

कूल २२३ वटा कम्पनीकाे २ कराेड ११ लाख २९ हजार ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७ सय ७४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

मंगलबार हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताकाे आकर्षण बढेकाे देखिएकाे छ । केही हाइड्राेपावर कम्पनीले आकर्षक वित्तीय विवरण सार्वजनिक गरिरहँदा लगानीकर्ताकाे ध्यान यसतर्फ माेडिएकाे अनुमान लगाउन सकिन्छ । यति मात्र नभएर विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद सेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् नियमन आयोगले अगाडि बढाएको छ । आयोगले विद्युत् कम्पनीको सेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्देशिकाको संशोधित मस्यौदामा यस्तो प्रस्ताव गरेको हो । साेही कारण पनि हाइड्राेपावरप्रति लगानीकर्ताकाे  आकर्षण बढेकाे अनुमान लगाउन सकिन्छ ।

यस दिन २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । पाँचथर पावर र रूरू जलविद्युत परियाेजनाकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

अन्य ५ वटा कम्पनीकाे पनि सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्याेरेन्स, घलेम्दी हाइड्राेपावर, लिबर्टी इनर्जी र स्वावलम्बन लघुवित्तकाे सर्किट लेभलमा काराेबारमा भएकाे छ । 

मंगलबार युनिलिभर नेपाल लिमिटेड, नबिल ब्यालेन्स फण्ड २, एनआइबीएल प्रगती फण्ड, ग्रीन डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक लगायतका सेयरधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

याे पनि :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको