Like us!
Follow us!
Connect us!
Watch us!

दिनहुँ नयाँ कीर्तिमानीतर्फ सेयर बजार, काराेबार रकमकाे बलियाे साथ

नेप्से

बुधबार, २० साउन २०७८, १४ : ५० मा प्रकाशित

दिनहुँ नयाँ कीर्तिमानीतर्फ सेयर बजार, काराेबार रकमकाे बलियाे साथ

नेपाली सेयर बजार दिनहुँ नयाँ कीर्तिमानीतर्फ लम्किरहेकाे छ । सेयर बजारमा आज फेरि अल टाइम हाइ रेकर्ड बनेकाे छ । नेप्से परिसूचकले यसअघिकाे नयाँ रेकर्ड ताेड्दै हालसम्मकै उच्च विन्दुमा पुगेकाे हाे ।

बुधबार नेप्से परिसूचक ३१२३.२४ विन्दुमा पुगेकाे छ । हिजाे (मंगलबार) नेप्से परिसूचक ३१११.०९ विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेकाे थियाे । नेप्सेले आज साेही विन्दु ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । याे बन्द हुँदाकाे हालसम्मकै उच्च विन्दु हाे । इन्ट्रा डे काराेबारमा भने नेप्से यसमाथि पुगीसकेकाे छ ।

सेयर बजारले फेरि दिनहुँ नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू उत्साहित छन् । लगानीकर्ताहरूकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.१५ अंकले बढेर ३१२३.२४ विन्दुमा पुगेकाे छ । नेप्से ०.३९ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.७१ अंकले बढेर ५७८.२३ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि उछाल देखिएकाे छ । कूल २२५ वटा कम्पनीकाे २ कराेड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २ सय ७१ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

610a5eac299da.jpg610a5eb1110db.jpg

काराेबार भएका १३ उपसमूहमा ६ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

610a5eb5903a0.jpg

बुधबार पनि हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताकाे आकर्षण बढेकाे छ । केही हाइड्राेपावर कम्पनीले आकर्षक वित्तीय विवरण सार्वजनिक गरिरहँदा लगानीकर्ताकाे ध्यान यसतर्फ माेडिएकाे अनुमान लगाउन सकिन्छ । यति मात्र नभएर विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद सेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् नियमन आयोगले अगाडि बढाएको छ । आयोगले विद्युत् कम्पनीको सेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्देशिकाको संशोधित मस्यौदामा यस्तो प्रस्ताव गरेको हो । साेही कारण पनि हाइड्राेपावरप्रति लगानीकर्ताकाे  आकर्षण बढेकाे अनुमान लगाउन सकिन्छ ।

बुधबार ७ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । जसमध्ये, प्राय जसाे सबै हाइड्राेपावर छन् । अपि पावर, खानीखाेला हाइड्राेपावर, दिव्यश्वरी हाइड्राेपावर, कालिका पावर, अपर तामाकाेशी, घलेम्दी हाइड्राेपावर र युनियन लाइफ इन्स्याेरेन्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यसका साथै, जीवन विकास लघुवित्त र साञ्जेन जलविद्युतकाे सेयर पनि सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ ।

610a5ec23595d.jpg

यस दिन सर्वाधिक काराेबार हुने कम्पनीहरूमा पनि अधिकांश हाइड्राेपावर नै छन् । अपि पावर, अरूण भ्याली, सानिमा माइ हाइड्राेपावर लगायतकाे सर्वाधिक काराेबार भएकाे हाे ।

610a5ebc2b536.jpg

बुधबार लक्ष्मी लघुवित्त, ङादी ग्रुप पावर, लक्ष्मी इक्विटी फण्ड, साधना लघुवित्त लगायतका सेयरधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

610a5eca10850.jpg

अब माैद्रिक नीति पनि सार्वजनिक हुने बेला भएकाे छ । याे वर्षकाे माैद्रक नीति बजारमैत्री आउने विश्वास गरिएकाे छ । सूचीकृत कम्पनीहरूले चाैथाे त्रैमासकाे वित्तीय विवरण पनि धमाधम सार्वजनिक गरिरहेका छन् । अब फेरि सूचीकृत कम्पनीहरूले लाभांश घाेषणा गर्ने बेला आएकाे छ । अहिले सेयर बजारकाे सिजन हाे । त्यसैले सेयर बजारले नयाँ गती लिने विश्लेषकहरूले तर्क गरेका छन् ।

लगानीकर्ताहरूले सधैँभरी राम्रा कम्पनीहरू छनाेट गरेर लगानी गर्नुपर्दछ । लगानी गर्नुअघि आफूले लगानी गर्ने कम्पनीकाे बारेमा राम्ररी अनुसन्धान गर्नुपर्दछ । अनि आफूभन्दा विज्ञहरूसँग सरसल्लाह गरी सुझाव लिएर लगानी गर्नु उपयुक्त हुन्छ ।

याे पनि :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको