Like us!
Follow us!
Connect us!
Watch us!

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट

अर्थ संसार

शनिबार, २३ साउन २०७८, १६ : ०६ मा प्रकाशित

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरेको हो ।

बोर्डले विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

परीक्षार्थीले www.see.gov.npwww.neb.gov.np ,www.see.edusanjal.comwww.see.ntc.net.np www.ekantipur.comwww.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

त्यसैगरी  बोर्डको आज बसेको बैठकले  कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डले कक्षा १२ को आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म तय गरेको थियो । कोरोना संक्रमणदर दिनहुँ बढ्न थालेपछि शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको