Like us!
Follow us!
Connect us!
Watch us!

अन्तत: हरियाे भएरै बन्द भयाे नेप्से, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै

नेप्से

आइतबार, २४ साउन २०७८, १४ : ५७ मा प्रकाशित

अन्तत: हरियाे भएरै बन्द भयाे नेप्से, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै

यस साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार झिनाे अंकले बढेकाे छ । दिनभर घट्दै बढ्दै गरीरहेकाे सेयर बजार अन्त्यमा बढेर नै बन्द भएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा पुगेकाे छ । नेप्से ०.०२ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक ०.७८ अंकले बढेर ५७८.०९ विन्दुमा पुगेकाे छ ।

कूल २२७ वटा कम्पनीकाे २ कराेड ६९ लाख ९६ हजार ३ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८ सय ८७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

610fa5deea4dc.jpg

610fa5e40f3b9.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

610fa5ea95cfc.jpg

आइतबार पनि हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताकाे आकर्षण बढेकाे देखिएकाे छ । सर्वाधिक काराेबार हुने १० वटा कम्पनीमा सबै हाइड्राेपावर छन् । अनि सर्वाधिक नाफा कमाउने पनि अधिकांश हाइड्राेहरू छन् ।

केही हाइड्राेपावर कम्पनीले आकर्षक वित्तीय विवरण सार्वजनिक गरिरहँदा लगानीकर्ताकाे ध्यान यसतर्फ माेडिएकाे अनुमान लगाउन सकिन्छ । यति मात्र नभएर विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद सेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् नियमन आयोगले अगाडि बढाएको छ । आयोगले विद्युत् कम्पनीको सेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्देशिकाको संशोधित मस्यौदामा यस्तो प्रस्ताव गरेको हो । साेही कारण पनि हाइड्राेपावरप्रति लगानीकर्ताकाे  आकर्षण बढेकाे अनुमान लगाउन सकिन्छ ।

आइतबार ४ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अपि पावर कम्पनी लिमिटेड, कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यसका साथै, ङादी ग्रुप पावर र युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे काराेबार पनि सकारात्मक सर्किट लेभलमा भएकाे छ । 

610fa5f320e18.jpg

आइतबार अपि पावरकै सर्वाधिक काराेबार भएकाे छ । त्यसपश्चात् धेरै काराेबार हुने अन्य कम्पनीहरूमा अरूण भ्याली, युनिभर्सल पावर, ङादी ग्रुप पावर, बुटवल पावर, राधी विद्युत, अरूण काबेली लगायतका कम्पनीहरू छन् ।

610fa5eedd04c.jpg

यस दिन १०.२५% एनआईसी एशिया डिबेञ्चर २०८३/८४, गुराँस लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, सबैकाे लघुवित्त, महिला लघुवित्त, कालिका लघुवित्त, एनएलजी इन्स्याेरेन्स, बाेटलर्स नेपाल तराइ लगायतका कम्पनीहरूले सर्वाधिक नाफा गुमाएका छन् । 

610fa5f82e3a9.jpg

याे पनि :

ANALYSIS - NEPSE | NICA , NIFRA , UPPER, SSHL, NBB, IGI, UMHL, UPCL , SBL, JBBL and many more

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको