Like us!
Follow us!
Connect us!
Watch us!

यी स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अर्थ संसार

सोमबार, २५ साउन २०७८, १२ : ११ मा प्रकाशित

यी स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

 नेपालमा मनसुनी वायुको प्रभावले गर्दा सोमबार पनि देशको केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । 

हाल देशका अधिकांश भूभागमा आंशिक देखी सामान्य बदली रहेको छ  र केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

 प्रदेश नं १ , लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १ को एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको