Like us!
Follow us!
Connect us!
Watch us!

अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी !

पत्रपत्रिका

विहीबार, २८ साउन २०७८, ०८ : ५१ मा प्रकाशित

अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी !

आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी नेपालमा औपचारिक रूपमा प्रचलनमा आउने भएकोे छ । विद्युतीय राहदानी प्रचलनमा ल्याउनुअघि त्यसको परीक्षणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले जनाएको छ ।

आउँदो  अक्टोबरको  अन्तिम  सातादेखि  तीन  महिनाको  परीक्षणकाल  सुरु  गर्ने  योजना  विभागले  अघि  सारेको  विभागका  महानिर्देशक  डोरनाथ  अर्यालले  बताउनुभयो  ।  परीक्षणकाल  सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो  सातादेखि  विद्युतीय  राहदानी  प्रचलनमा ल्याउने तयारी छ ।

गत वर्षको सेप्टेम्बर महिनामा फ्रेन्च कम्पनी फ्रान्सको आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्स एसएएस कम्पनीसँग सम्झौता गरेर  विद्युतीय  राहदानी  उत्पादनको  कामलाई  तीव्रता  दिइएको  विभागका अर्यालले जानकारी दिए । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानी निर्माणका लागि भएको थियो ।

उनका अनुसार पहिलो चरणमा २० लाख थान विद्युतीय राहदानी छापिनेछ । नेपाल सरकारले पासपोर्टको डिजाइनलाई स्वीकृति दिइसकेकाले पनि  अब  छपाइ  हुने  औपचारिकतामात्र  बाँकी  रहेको छ । जसको प्रिन्ट भने नेपालमै गर्ने गरी आवश्यक प्राविधिक तयारी भइरहेको छ ।

विश्वकै राहदानीको पुस्तामा आईएसओ १९०३ मान्यताप्राप्त तेस्रो जेनेरेसनको राहदानीका रूपमा विद्युतीय राहदानीलाई चिनिन्छ  ।  यस राहदानीको पोलिकार्बोनेट पानाभित्र  सुरक्षित  चिप्स जडान गरिएको हुन्छ । जसमा व्यक्तिको विभिन्न विवरण सुरक्षित हुन्छ । जसका कारण पनि विद्युतीय राहदानी अत्यधिक सुरक्षित र भरपर्दो मानिएको महानिर्देशक  अर्यालले  औँल्याए । 

उनका अनुसार विद्युतीय राहदानी प्रचलनमा नआउन्जेलसम्मका लागि हाल कायम रहेको मेसिन रिडेबल पासपोर्ट नै अद्यावधिक गर्न सकिनेछ । जसका लागि अझै पनि तीन लाख राहदानी मौज्दात रहेको छ । विद्युतीय राहदानी हतारमा भन्दा पनि आवश्यक परेको खण्डमा बनाउन विभागले आग्रह गरेको छ । उनले  भने, “म्याद सकिन लाग्यो विद्युतीय राहदानी चाहियो  भनेर  धमाधम  लाभग्राही  आउने  क्रम  बढेको छ, म्याद नसकुन्जेल बनाउनु पर्दैन र मिल्दैन पनि ।”

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको