Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ करोड ४९ लाखभन्दा बढी कित्ता सेयर थपियो

अर्थ संसार

शनिबार, ३० साउन २०७८, १० : ३८ मा प्रकाशित

नेप्सेमा १ करोड ४९ लाखभन्दा बढी कित्ता सेयर थपियो

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार विभिन्न ५ कम्पनीको एक करोड ४९ लाख ३८ हजार ६९३ दशमलव ०८ कित्ता सेयर सूचिकृत भएको हो ।जसमध्ये ३ कम्पनीको ऋणपत्र र एक कम्पनीको बोनस सेयर र अर्को कम्पनीको प्रप्स्तिपश्चात कायम सेयर रहेको छ । 

नबिल बैंक लिमिटेड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार नबिल बैंक लिमिटेडकाे सेयर सूचीकृत भएकाे छ । स्टकका अनुसार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट ३६ लाख ४२ हजार ९ सय २१ दशमलव २६ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

याे सँगै अब युनाइटेड फाइनान्सका शेयरधनीहरूको सेयर नबिल बैंकको नामबाट खातामा देखिनेछ । 

नबिल बैंक र युनाइटेड फाइनान्सले असार २७ गते, आइतबारबाट एकीकृत कारोबार सुरू गरेका थिए । नबिलले युनाइटेडलाई १:०.३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो।

बैंक अफ काठमाण्डू लिमिटेड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडको १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार “८.५० प्रतिशत बि.ओ.के डिबेन्चर २०८६” को १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गते, बुधबारबाट मङ्सिर २९ गते, साेमबारसम्म १० वर्ष अवधिकाे लागि “८.५० प्रतिशत बि.ओ.के डिबेन्चर २०८६” नाममा १ अर्ब ६० कराेड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।

नेपाल बैंक लिमिटेड

नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) नेपाल बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । बैंकको ३५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो  ।

बैंकले गत वैशाख २२ गतेदेखि ३१ गतेसम्म १० वर्षे अवधिको ८.५० % ब्याजदर रहेको ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । 

कृषि विकास बैंक लिमिटेड

कृषि विकास बैंक लिमिटेडको ६० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । स्टकका अनुसार ‘४ प्रतिशत कृषि बण्ड २०८७’ को ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
यसअघि नेपाल बैंक लिमिटेडकाे ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र पनि नेप्सेमा सूचिकृत भएको थियाे ।

सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।स्टकका अनुसार सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १०.५ प्रतिशत बाेनस बापतकाे एक लाख ९५ हजार ७ सय ७२ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हाे । 

संस्थाले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश चैत्र १४ गते, शनिबार सम्पन्न भएकाे चौथो वार्षिक साधारण सभाले पारित गरिसकेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको