Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको खुद नाफा ७४.१६ करोड, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शनिबार, ३० साउन २०७८, १७ : ५६ मा प्रकाशित

ज्योति विकास बैंकको खुद नाफा ७४.१६ करोड, प्रतिसेयर आम्दानी कति ?

ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा बृद्धि आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ७४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५१.८४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४८ करोड ८४ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि ६० करोड ३० लाख रुपैयाँ पुगेको छ । बैंकले ४९ अर्ब ५५ करोड बढी निक्षेप संकलन गरी ४३ अर्ब ८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा ०.९२ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर ०.८० प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ५० करोड रुपैयाँ बडि खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३९ करोडमा रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा बढेर ५१ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ५ करोड ७५ लाख रूपैयाँमा सिमित थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ८७ करोड ६० लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार ६५ करोड  ५३ लाखमा सीमित थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २९ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३२ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५४ पैसा पुगेको छ बैंकको पीई रेसियो २४.७८ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको