Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको खुद नाफा २८.८९ प्रतिशतले बढ्यो, इपिएस कति ?

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, ०५ : ४२ मा प्रकाशित

माछापुच्छ्रे बैंकको खुद नाफा २८.८९ प्रतिशतले बढ्यो, इपिएस कति ?

माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा बृद्धि आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले  १ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २८.८९ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब २६ करोड ५१ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि २४.७१ प्रतिशतले बढेर १ अर्ब १३ करोड २७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा ९० करोड ८२ लाख ७८ हजार रुपैयाँमा सिमित थियो ।

समिक्षा अवधीमा १ खर्ब बैंकले ३१ अर्ब ६१ करोड बढी निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब ५७ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा ०.५२ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा बढेर ०.६२ प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ४ अर्ब ३२ करोड ६० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ८६ करोड १८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो जुन १२.०२ प्रतिशतले बढि हो । 

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा २८.८४ प्रतिशतले बढेर २ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ९२ करोड ४ लाख रूपैयाँमा सिमित थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड ३० लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार ३ अर्ब १२ करोड ६२ लाख रुपैयाँमा सीमित थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०१ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०६ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ पुगेको छ बैंकको पीई रेसियो २१.३७ गुणा रहेको छ ।

बैंकको चुक्ता पुँजी र वितरण योग्य मुनाफालाई हेर्दा गत आर्थिक बर्षको मुनाफाबाट करिब १२ प्रतिशत भन्दा बढि लाभांश वितरण गर्ने क्षमता बैंमसंग देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको