Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावरको आईपीओ बाँडफाँड सम्पन्न

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, १२ : ०० मा प्रकाशित

तेह्रथुम पावरको आईपीओ बाँडफाँड सम्पन्न

तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गते, मंगलबारबाट साउन १९ गते, मंगलबारसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) बाँडफाँड गरिएकाे छ ।

उक्त अवधिभर रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमाेजिम साउन २९ गते, शुक्रबार बाँडफाँड सम्पन्न गरिएकाे कम्पनीले जानकारी दिएकाे छ ।

साथै, बाँडफाँडमा नपरेकाे रकम धिताेपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमाेजिम सम्बन्धीत आवेदकहरूकाे बैंक खातामा पठाइने पनि कम्पनीले जनाएकाे छ ।

कम्पनीले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

6118b384abeba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको