Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावरको आईपीओ प्रि-अलाेटमेन्ट सम्पन्न

अर्थ संसार

मंगलबार, २२ भदौ २०७८, १३ : ५५ मा प्रकाशित

तेह्रथुम पावरको आईपीओ प्रि-अलाेटमेन्ट सम्पन्न

तेह्रथुम पावरको आईपीओ प्रि-अलाेटमेन्ट आज, बाँडफाँड कहिले ?

तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे प्री-अलाेटमेन्ट आज (भदाै २२ गते, मंगलबार) सम्पन्न भएकाे छ । प्रि-अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान छ ।

उक्त साधारण सेयर (आईपीओ) काे बाँडफाँड भदाै २५ गते, शुक्रबार गरिने पनि आईपीओकाे बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । 

कम्पनीले भदौ ९ गते, बुधबारबाट भदाै १३ गते, आइतबारसम्म सर्वसाधारणहरुका लागि जारी पूँजीकाे २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये ५% अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २% अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएकाे थियाे ।

अन्तिम दिनसम्म २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ कराेड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका थिए । यो आवेदन सर्वसाधारणका लागि माग गरिएको भन्दा ४२ गुणा बढी हो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी २३ लाख २१ हजार ९ सय ४८ जनाकाे भने हात खाली हुनेछ ।

याे पनि : तेह्रथुम पावरको IPO लगानीकर्ताले अर्काे वर्षदेखि लाभांश पाउनेछन् | MohanKumarDangi |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको