Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ ल्याएकाे तेह्रथुम पावरले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अर्थ संसार

सोमबार, ०४ असोज २०७८, १२ : ३४ मा प्रकाशित

भर्खरै आईपीओ ल्याएकाे तेह्रथुम पावरले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

तेह्रथुम पावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले यस कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नेपाल बंगलादेश क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

सेयर रजिष्ट्रार सम्बन्धी सम्झाैतामा नेपाल बंगलादेश क्यापिटल लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडबीच भदाै ३१ गते बिहीबारको दिन द्विपक्षीय सम्झौता भएको छ ।

उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुन् ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गते, बुधबारबाट भदौ १३ गते, आइतबारसम्म निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भदौ २५ गते, शुक्रबार भइसकेकाे छ । 

कम्पनीले भदौ ९ गते, बुधबारबाट भदौ १३ गते, आइतबारसम्म जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । जस अनुसार ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका थिए । बाँकी २२ लाख ८१ हजार ४७ जनाको भने हात खाली भएकाे थियाे । अन्तिम दिनसम्म २३ लाख ५५ हजार ७ सय ४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको छ । बाँकी २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य थियाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ७४ पैसादेखि अधिकतम २५४ रुपैयाँ २२ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको