Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावरको आईपीओ कहिले सूचिकृत हाेला ?

अर्थ संसार

बुधबार, १० कार्तिक २०७८, ०७ : ५४ मा प्रकाशित

तेह्रथुम पावरको आईपीओ कहिले सूचिकृत हाेला ?

तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गते, बुधबारबाट भदौ १३ गते, आइतबारसम्म निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भदौ २५ गते, शुक्रबार भइसकेकाे छ । कम्पनीको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कहिले सूचिकृत हाेला भन्ने कुरा कम्पनीकाे आईपीओ पर्ने लगानीकर्ताहरूलाई चासाेकाे विषय बनेकाे छ ।

कम्पनीकाे आईपीओ यसै साता सूचिकृत हुने कम्पनीकाे सेयर रजिष्ट्रार नेपाल बंगलादेश क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । कम्पनीले सूचीकरणको आवेदन नेप्सेमा बुझाइसकेको छ । त्यसैले केही दिनभित्रै सेयर सुचिकृत हुनेछ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ७४ पैसादेखि अधिकतम २५४ रुपैयाँ २२ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । तेह्रथुम पावर कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ७४ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २५४ रुपैयाँ २२ पैसा हुन्छ । 

कम्पनीले भदौ ९ गते, बुधबारबाट भदौ १३ गते, आइतबारसम्म जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । जस अनुसार ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका थिए । बाँकी २२ लाख ८१ हजार ४७ जनाको भने हात खाली भएकाे थियाे । अन्तिम दिनसम्म २३ लाख ५५ हजार ७ सय ४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको छ । बाँकी २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको