Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावरको आईपीओ पाउन भाग्यकै भर, २३ लाख बढीले दिए आवेदन

अर्थ संसार

आइतबार, १३ भदौ २०७८, १७ : २९ मा प्रकाशित

तेह्रथुम पावरको आईपीओ पाउन भाग्यकै भर, २३ लाख बढीले दिए आवेदन

तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर आईपीओकाे आज (भदाै १३ गते, आइतबार) अन्तिम दिन थियाे । अन्तिम दिनसम्म कम्पनीकाे आईपीओमा २३ लाख भन्दा बढीले आवेदन दिएका छन् ।

आइतबार साँझ ५ बजेसम्म २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ कराेड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन सर्वसाधारणका लागि माग गरिएको भन्दा ४२ गुणा बढी हो । अन्तिम तथ्यांक भने थारै तलमाथि पर्न सक्नेछ । 

कम्पनीले भदौ ९ गते, बुधबारबाट सर्वसाधारणहरुका लागि जारी पूँजीकाे २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५% अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २% अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएकाे थियाे ।

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

त्यसैगरी, कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । 

याे पनि :

Terhathum Power को IPO लगानीकर्ताले अर्काे वर्षदेखि लाभांश पाउनेछन् | MohanKumarDangi |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको