Like us!
Follow us!
Connect us!
Watch us!

भदौ ९ गतेदेखि आईपीओ निष्काशन गर्दै तेह्रथुम पावर

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, ०७ : २४ मा प्रकाशित

भदौ ९ गतेदेखि आईपीओ निष्काशन गर्दै तेह्रथुम पावर

तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेबाट सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपिओ) को निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले असार १० गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले यसअघि नै जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न गरीसकेको छ । भने सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । 

कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीको उक्त आईपिओमा दिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ तर छिटो अवधिमै माग भन्दा बढि आवेदन पर्ने भने प्रमय निश्चित छ। कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिने छ । पछिल्लो समय आईपिओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यो कम्पनीको आईपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबोनमा निवेदन पेश गरेकोमा थियो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आइपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको