Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिलाई पचाउँदै सेयर बजार उकालो यात्रामा

नेप्से

सोमबार, ३२ साउन २०७८, १५ : ०० मा प्रकाशित

मौद्रिक नीतिलाई पचाउँदै सेयर बजार उकालो यात्रामा

मौद्रिक नीतिलाई पचाउँदै सेयर बजारले उकालो यात्रा तय गरेकाे छ । साउन महिनाकाे अन्तिम दिन  आज (साेमबार) सेयर बजार हरियाे भएर बन्द भएकाे छ ।

शुक्रबार गभर्नर महाप्रसाद अधिकारिले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक थिए । मौद्रिक नीति सार्वजनिक गर्दै उनले सेयर धितोमा राखेर एक व्यक्तिले १२ करोड रुपैयाँ मात्र लिन सक्ने र एक बैंकबाट ४ करोड मात्रै लिन पाइने व्यवस्था गरिएको जानकारी दिएका थिए । हिजाेकाे बजारमा भने त्यसैकाे नकारात्मक प्रभाव देखिएकाे थियाे ।

मौद्रिक नीतिमा पुँजी बजारलाई हेर्ने दृष्टिकोष अत्यन्तै दुरासय पुर्ण र पश्चगामी कदम भएको भनी लगानीकर्ताहरूले सेयर कर्जा सिमाकाे विराेध गर्दै सेयर कर्जाको सिमालाई सिघ्र सच्याई पुर्व अवस्थामा नै पुर्याउन अर्थमन्त्रीबाट निर्देशन जारी गर्न अर्थमन्त्रीलाई अनुरोध गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले सेयर कर्जा सिमाकाे विराेध गर्दै अर्थ मन्त्रालय पुगेका लगानीकर्ताहरूलाई बजारलाई नकारात्मक प्रभाव पार्ने कुनैपनि कुरा हुन नदिने आश्वासन दिएका छन् ।

अर्थमन्त्रीकाे आश्वासनले गर्दा लगानीकर्ताहरूकाे मनाेबल बढेकाे छ । जुन कुरा बढ्दाे काराेबार रकमले पुष्टि गर्दछ । 

तर आज फेरि सेयर बजारमाथि चढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.७२ अंकले बढेर ३१६०.०५ विन्दुमा पुगेकाे छ । नेप्से ०.१८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.५६ अंकले बढेर ५९२.९३ विन्दुमा पुगेको छ ।

कूल २२७ वटा कम्पनीकाे २ कराेड ८६ लाख १७ हजार ८ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

611a31cecac21.jpg

611a31d381fc4.jpg

काराेबार भएका १३ उपसमूहमा ७ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ६ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

611a31d81d36f.jpg

साेमबार ५ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड, नेशनल हाइड्राेपावर, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, रिडी हाइड्राेपावर र खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

611a31dd13253.jpg

साेमबार नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७४ कराेड ९७ हजार ४ सय ५६ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

611a31e21f39b.jpg

यस दिन आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा गुमाएका छन् ।

611a31e7bc38e.jpg

याे पनि :

NEPSE ANALYSIS- SECTOR ANALYSIS -MICRO FINANCE , BANKING, DEVELOPMENT BANK, FINANCE, HYDROS........

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको