Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, ४ कम्पनीकाे काराेबार सर्किट लेभलमा

नेप्से

मंगलबार, ०१ भदौ २०७८, १२ : ०० मा प्रकाशित

२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, ४ कम्पनीकाे काराेबार सर्किट लेभलमा

आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मंगलबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र पञ्चकन्या माइ हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ हजार २ सय २८ रूपैयाँ २० पैसा पुगेकाे छ । त्यस्तै, पञ्चकन्या माइ हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ४० रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, ४ वटा कम्पनीकाे काराेबार सकारात्मक सर्किट लेभलमा भइरहेकाे छ । खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेड, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्राेपावर कम्पनी लिमिटेड र हिमाल दाेलखा हाइड्राेपावर कम्पनी लिमिटेडकाे काराेबार सकारात्मक सर्किट लेभलमा भइरहेकाे हाे । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३.९८ अंकले घटेर ३१५६.१० विन्दुमा झरेकाे छ ।

611b552d2d48a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको