Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

बुधबार, ०२ भदौ २०७८, १२ : ४९ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बुधबार जीवन विकास लघुवित्त, अरूण भ्याली हाइड्राेपावर, अरूण काबेली पावर र पञ्चकन्या माई हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ हजार ५ सय ५१ रूपैयाँ पुगेकाे छ । अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ९० रूपैयाँ ८० पैसा पुगेकाे छ । अरूण काबेली पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय २ रूपैयाँ २० पैसा पुगेकाे छ । पञ्चकन्या माई हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ८४ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, आँखुखोला जलविद्युत कम्पनी, शिवम् सिमेन्ट र महालक्ष्मी बैंक लिमिटेडको काराेबार सकारात्मक सर्किट लेभलमा भइरहेकाे छ । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २९.७६ अंकले बढेर ३१९०.०७ विन्दुमा पुगेकाे छ ।

611cb413705a9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको