Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा नयाँ रेकर्ड, फाइनान्स र विकास बैंकमा किन बढ्याे आकर्षण ?

नेप्से

बुधबार, ०२ भदौ २०७८, १५ : ०४ मा प्रकाशित

सेयर बजारमा नयाँ रेकर्ड, फाइनान्स र विकास बैंकमा किन बढ्याे आकर्षण ?

नेपाली सेयर बजारमा आज फेरि नयाँ रेकर्ड बनेकाे छ । नेप्से परिसूचकले यसअघिकाे नयाँ रेकर्ड ताेड्दै हालसम्मकै उच्च विन्दुमा पुगेकाे हाे ।

बुधबार नेप्से परिसूचक ३१९८.६० विन्दुमा पुगेकाे छ । यसअघि साउन २८ गते, बिहीबार ३१७९ नेप्से परिसूचक विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेकाे थियाे । नेप्सेले आज साेही विन्दु ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । याे बन्द हुँदाकाे हालसम्मकै उच्च विन्दु हाे । इन्ट्रा डे काराेबारमा भने नेप्से परिसूचक ३२२० माथि पुगीसकेकाे छ ।

सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू उत्साहित छन् । लगानीकर्ताहरूकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८.२८ अंकले बढेर ३१९८.६० विन्दुमा पुगेकाे छ । नेप्से १.२१ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.८३ अंकले बढेर ५९८.११ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि उछाल देखिएकाे छ । कूल २२८ वटा कम्पनीकाे ३ कराेड ६५ लाख ९ हजार ७ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २ सय ७९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

काराेबार भएका १३ उपसमूहमा ११ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी २ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै विकास बैंक र फाइनान्सकाे सूचक बढेकाे छ ।

बुधबार ४ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । शिवम् सिमेन्ट, अरूण भ्याली हाइड्राेपावर, जीवन विकास लघुवित्त र अरूण काबेली पावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन नेशनल हाइड्राेपावरकाे सबैभन्दा धेरै काराेबार भएकाे छ । कम्पनीकाे ७८ कराेड ८६ लाख रूपैयाँकाे काराेबार भएकाे छ ।

प्राय जसाे विकास बैंक र फाइनान्सहरूले चाैथाे त्रैमासकाे आकर्षक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरण हेर्दा यी कम्पनीहरूकाे लाभांश क्षमता पनि राम्राे देखिएकाे छ । विकास बैंक र फाइनान्सहरूले हकप्रद जारी गर्न राष्ट्र बैंकले पनि माैद्रिक नीतिमा सकारात्मक संकेत दिएकाे छ । यी सबै कुराहरूले गर्दा फाइनान्स र विकास बैंकमा लगानीकर्ताहरूकाे आकर्षण बढेकाे अनुमान लगाउन सकिन्छ ।

याे पनि :

NEPSE ANALYSIS- SECTOR ANALYSIS -MICRO FINANCE , BANKING, DEVELOPMENT BANK, FINANCE, HYDROS........

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको