Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेप्से

बुधबार, ०२ भदौ २०७८, १६ : ०२ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) विभिन्न २ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार राधी विद्युत कम्पनी लिमिटेडकाे ३६.५ प्रतिशत बाेनस बापतकाे १७ लाख २८ हजार ४ सय ८१ दशमलव २२५ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

राधी विद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का मुनाफाबाट हालको चुक्तापुँजीको ३६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

त्यसैगरी, लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ५ लाख ७० हजार ९ सय कित्ता सेयर सूचिकृत भएको हाे ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको