Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १८ लाख ७९ हजार कित्ता सेयर सूचीकृत

नेप्से

विहीबार, ०३ भदौ २०७८, १४ : ३३ मा प्रकाशित

नेप्सेमा १८ लाख ७९ हजार कित्ता सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे सेयर सूचीकृत भएकाे छ ।

स्टकका अनुसार नेपाल फाइनान्स कम्पनी लिमिटेडले ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेपछि नेपाल फाइनान्सको नामबाट १८ लाख ७९ हजार ४ सय ५२ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

याे सँगै अब ललितपुर फाइनान्सका शेयरधनीहरूको सेयर नेपाल फाइनान्स कम्पनी लिमिटेडको नामबाट खातामा देखिनेछ । 

नेपाल फाइनान्स कम्पनी लिमिटेडले १:१ सेयर स्वाप रेसियोमा ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेकाे हाे ।

611e1c5f98c34.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको