Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ रेकर्डपछि नेप्सेमा करेक्सन, लगानीकर्ता इन्स्याेरेन्समा सिफ्ट

नेप्से

विहीबार, ०३ भदौ २०७८, १५ : ०३ मा प्रकाशित

नयाँ रेकर्डपछि नेप्सेमा करेक्सन, लगानीकर्ता इन्स्याेरेन्समा सिफ्ट

हिजाे (बुधबार) नयाँ रेकर्ड बनाएकाे सेयर बजारमा आज (बिहीबार) भने दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । बुधबार नेप्से परिसूचक ३१९८.६० विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेकाे थियाे । बिहीबार पनि इन्ट्रा डे काराेबारमा ३२२६ विन्दुसम्म पुगेकाे बन्द हुने बेलासम्म दाेहाेराे अंकले घटेकाे हाे ।

 घट्नु र बढ्नु सेयर बजारकाे सामान्य गति हाे । सेयर बजार आफ्नै गतिमा चलिरहन्छ । लगानीकर्ताहरूले राम्राे कम्पनी छनाेट गरी लगानी गर्नुपर्छ । नाफा बुक गर्दा सामान्य करेक्सन आएको हुनसक्ने विश्लेषकहरूकाे तर्क छ ।

केही दिन अघिदेखि निरन्तर जलविद्युत कम्पनीमा लाग्दै आएका लगानीकर्ताहरू बिहीबार भने इन्स्याेरेन्स समूहमा सिफ्ट भएका छन् । सर्वाधिक बढ्ने १० कम्पनीमध्ये ६ वटा इन्स्याेरेन्स कम्पनी रहेका छन् । बिहीबार निर्जीवन बीमा समूह ३.२ र जीवन बीमा समूह २.६४ प्रतिशतले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १८.२४ अंकले घटेर ३१८०.७८ विन्दुमा पुगेकाे छ । नेप्से ०.५७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक ८.३३ अंकले घटेर ५९०.१५ विन्दुमा झरेकाे छ ।

नेप्से परिसूचक घट्दा पनि काराेबार रकमकाे उछाल भने कायमै छ । कूल २२९ वटा कम्पनीकाे ३ कराेड ९ लाख १२ हजार ६ सय ९७ कित्ता सेयर खरिदबिक्री हुँदा २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७ सय ६७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

611e260da6242.jpg

611e26126fbf9.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

611e2617a00ab.jpg

त्यसैगरी, बिहीबार सर्वाधिक काराेबार हुनेमा अरूण काबेली अब्बल छ । कम्पनीले हिजाे मात्रै लाभांश घाेषणा गर्दै हकप्रदकाे प्रस्ताव गरेकाे थियाे ।

611e261c497cc.jpg

बिहीबार पनि जीवन विकास लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

611e262138426.jpg

यता ३ वटा कम्पनीकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । खानीखाेला हाइड्राेपावर, पञ्चकन्या माइ हाइड्राेपावर र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे हाे ।

611e2628dff72.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको