Like us!
Follow us!
Connect us!
Watch us!

मानुषी लघुवित्तको आईपीओ प्रि-अलाेटमेन्ट सम्पन्न, बाँडफाँडकाे मिति तय

अर्थ संसार

विहीबार, ०३ भदौ २०७८, १६ : ४३ मा प्रकाशित

मानुषी लघुवित्तको आईपीओ प्रि-अलाेटमेन्ट सम्पन्न, बाँडफाँडकाे मिति तय

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे प्री-अलाेटमेन्ट आज (भदाै ३ गते, बिहीबार) सम्पन्न भएकाे छ । 

उक्त साधारण सेयर (आईपीओ) काे बाँडफाँड भदाै ७ गते, साेमबार गर्न लागिएकाे कम्पनीकाे आईपीओकाे निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गले अर्थ संसारलाई जानकारी दिएकाे छ । 

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ८३.१० गुणा धेरै हो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् । बाँकी २३ लाख बढी आवेदककाे हात खाली हुनेछ ।

मेगा लगानीको मेगा अवसर - Mega Mutual Fund-1 | फिक्स्ड डिपोजिटको राम्रो विकल्प | Sabir Bade Shrestha

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको