Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ ल्याएकाे मानुषी लघुवित्तले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, ०८ : ३१ मा प्रकाशित

भर्खरै आईपीओ ल्याएकाे मानुषी लघुवित्तले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेकाे छ ।

संस्थाकाे सञ्चालक समितिकाे बैठकले यस संस्थाकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त संस्थाकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

उक्त आईपीओकाे बाँडफाँड हिजा्े (भदाै ७, साेमबार) निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङकाे कार्यालयमा बिहान ८:३० बजे सम्पन्न भएकाे थियाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । त्यसैले बाँडफाँडमा २३ लाख ५४ हजार ७ सय ८४ जना याेग्य आवेदकलाई समावेश गराइएकाे थियाे ।  गोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ८ सय ५९ जनाले १० कित्ता सेयर पाएका छन्  । जसमध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर पाएका छन्। बाँकी  २३ लाख २४ हजार आवेदकको भने हात खाली भएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको