Like us!
Follow us!
Connect us!
Watch us!

मानुषी लघुवित्तको आईपीओ सूचिकृत कहिले ? यस्तो छ क्यापिटलको जवाफ

अर्थ संसार

आइतबार, २७ भदौ २०७८, १५ : ४८ मा प्रकाशित

मानुषी लघुवित्तको आईपीओ सूचिकृत कहिले ? यस्तो छ क्यापिटलको जवाफ

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कहिले सूचिकृत हाेला भन्ने कुरा कम्पनीकाे आईपीओ पर्ने लगानीकर्ताहरूलाई चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताकाे यही चासाे मेटाउन हामीले संस्थाकाे सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडसँग कुरा गरेकाे छाैँ ।

उक्त साधारण सेयर (आईपीओ) सूचीकरणका लागि हालसम्म प्रक्रिया चलिरहेकाे संस्थाकाे सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले अर्थ संसार डटकमलाई जानकारी दिएकाे छ । क्यापिटलका अनुसार एक साताभित्र सूचिकृत सम्पन्न गरी काराेबार सुरू गर्ने तयारी गरिएकाे छ । अहिले कम्पनीबाट लिनुपर्ने जानकारीहरू लिइरहेकाे त्यसपश्चात् सीडीएससीमा बुझाएर नेप्सेमा सूचिकृत गर्ने क्यापिटलले बताएकाे छ ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । त्यसैले बाँडफाँडमा २३ लाख ५४ हजार ७ सय ८४ जना याेग्य आवेदकलाई समावेश गराइएकाे थियाे ।  गोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ८ सय ५९ जनाले १० कित्ता सेयर पाएका थिए  । जसमध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर पाएका थिए । बाँकी  २३ लाख २४ हजार आवेदकको भने हात खाली भएकाे थियाे ।

मानुषी लघुवित्त वित्तीय संस्था कम्पनी ऐन २०६३ तथा बैंक तथा वित्तीय संस्था ऐन २०७३ अन्तर्गत स्थापित संस्था हो । लघुवित्त २०७५ असार १० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । यस्तै संस्थाले २०७५ असाेज २५ गतेदेखि नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबारको लागि अनुमति पाएर २०७५ मंसिर १ गतेदेखि कारोबार सुरु गरेको थियो ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रूपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६९ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३९८ रुपैयाँ ०७ पैसा हुन्छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको