मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आइतबार होटल भ्यू, जगाती भक्तपुरमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष पद्मासना शाक्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सभाले सर्वसम्मतिले पारित गरेको छ।
संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य दिंदै संस्थाको वित्तीय अवस्था, शाखा विस्तार, निक्षेप संकलन तथा ऋण प्रवाहको अवस्था बारे जानकारी दिएकी थिइन्।
उनले अघिल्लो वर्षको तुलनामा घाटा घटाएको संकेत गर्दै, आगामी वर्ष लाभांश वितरण गर्न सक्ने अवस्था निर्माण गर्न संस्थाले लक्ष्य लिएको बताइन्।
स्थापनाको छ वर्ष पूरा गरेको संस्थाकोे गत आ.व. सम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखा रहेका छन् । १०,९३,७५,००० सेयर पूँजी भएको संस्थाको जगेडा कोषमा ४,२३,३४,७३२ रहेको छ । संस्थाको प्रति सेयर आम्दानी ७.२२ ले ऋणात्मक रहेको छ, अघिल्लो वर्ष ३८.२५ ले ऋणात्मक रहेकोमा समिक्षा अवधिमा उल्लेख्य सुधार भएको हो । संस्थाले समिक्षा अवधि सम्ममा ३३,७१८ सदस्यहरुबाट ९८ करोड ७८ लाख भन्दा बढि निक्षेप संकलन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस