अर्थ संसार
काठमाडौं– काठमाडौंका गल्ली र सडक छेउछाउ अव्यव्सस्थित फोहोर देख्नु अपरिहार्य भएको छ । नेपालको राजधानी काठमाडौं जुन एक ताका संसारको साङ्गृला नामले चिनिन्थ्यो, आज संसारकै फोहोर शहरहरु मध्य एक बनेको छ । चोबार देखि ओखरपौवा वा गोकर्ण देखि बागमती र बिष्णुमती नदिको किनारमा फोहोर मैलाको समस्या वर्सौँ देखि यथावत नै छ ।
वास्तविकताको जाँच
काठमाडौंमा दैनिक ६५० टन ठोस फोहोर उत्पादन हुन्छ । काठमाडौं महानगरिय निगम बाहेक अरु ७० निजी र गैरसरकारी संगठनहरु फोहोर संकलनमा आवद्ध छन् । व्यक्तिगत रुपमा सजिलै पैसा कमाउने हिसावले फोहोर संकलन गर्ने कामदारहरुले प्लास् टिक बोतल, सिसा बोतल, फलाम आदि संकलन गरि फोहोर संकलन उद्द्मिहरुलाई बेच्ने गर्छन् जुन पछि भारतमा निर्यात गरिन्छ । काठमाडौं उपत्यकाभित्र १५,००० भन्दा बढी फोहोर संकलन गर्ने कामदारहरु कार्यरत छन ।
समाधानको सिर्जना गर्ने प्रयास
नगरमित्र एक सामाजिक व्यवसायिक पहल हो जसले सामाजिक भेदभाव गरिएका फोहोर संकलन कार्यकर्ताहरुको जीवनस्तरमा सुधार ल्याएर शहरीय वातावरणको स्तर बृद्धि गर्ने उदेश्य लिएको छ । यस पहलले पेट (प्लास्टिक) फोहोर संकलन र प्रशोधन केन्द्र चलाएको छ जसले व्यवसायको आर्थिक उन्नती गर्दै छ र अधिक नाफा फोहोर संकलन कार्यकर्ताहरुको सामाजिक र आर्थिक स्तर उत्थान गर्न सहायता गरेको छ ।
कोका(कोला कम्पनी लगाएत न्क्ष्श् र बोटलर्स नेपाल लि। को प्राविधिक अनि आर्थिक सहयोगमा सन् २०१४ मा स्थापना भएको नगरमित्रले १ ।३ करोड भन्दा बढी प्लास्टिक बोतल री(साईकल गरेर ४९८ टन बराबरको ग्रीनहाउस ग्यास घटाउन सहयोग गरेको छ ।
प्लास्टिक फोहोर संकलन र प्रशोधनको लागि यस कार्यालयले कसरी प्लास्टिक फोहोर संकलन गर्ने र नेपालको फोहोर संकलन कार्यालयहरुको लागि वैकल्पिक उदारहण ल्याउने प्रयास गरेको छ । फोहोर संकलन गर्ने कार्यकर्ताहरुको सामाजिक र आर्थिक स्तर बृद्धी गर्नु र सहर स्वच्छ र सफा बनाउन व्यापारिक नमुना यस कार्यालयले अपनाएको छ ।
यस संस्थाले विभिन्न रेष्टुरेण्ट , होटल, अफिस, फोहोर संकलन व्यवसाय र कार्यकर्ताहरुबाट प्लास्टिक बोतलहरु संकलन गर्ने र री(साईकल गर्ने कार्य गर्दै आएको छ । यसबाट प्राप्त गरेको नाफाले फोहोर संकलन गर्ने कामदार अनि उनीहरुको परिवारले सामजिक र आर्थिक फाईदाको लागि रकम प्रयोग गर्दै आएको छ । यस संस्थाले अपनायको व्यवसायिक नमुना अरु प्लास्टिक फोहोर संकलन गर्ने कार्यालयहरु भन्दा विशिष्ट रहेको छ ।
फोहोर संकलन कार्यकर्ताहरुलाई उचित फाईदा
फोहोर संकलन गर्ने कार्यकर्ताहरुको आर्थिक र सामाजिक उन्नतिको लागि नगरमित्र सामाजिक संस्थाले आफ्ना कामदारहरुलाई प्लास्टिक बोतल संकलन र प्रशोधन गरे बापत उचित रकम वितरण गरेको छ । हरेक साता बजारमा प्रयोग भएका प्लास्टिक बोतलहरुको भाउको अध्ययन गरी १ किलो प्लास्टिक फोहोरको भाउ निर्धारण गरिन्छ । प्राय अरु फोहोर संकलन गर्ने संस्थामा कामदारहरुलाई थोरै तलब दिने गरेको छ ।
महिलावर्गका लागि रोजगारिको अवसरस्
यस संस्थाले महिलाको लागि काम गर्ने सुरक्षित र सफा वातावरणको सृजना गरेको छ । महिलाहरुले आफ्नो घरेलु काम अनुसार फुर्सद मिलाएर बिहान अथवा दिउँसो यस संस्थामा काम गर्न सक्ने छ । केहि महिना अगि यस संस्थाले कामदारको आय बदाउनको लागि शनिबार पनि काम गर्न मिल्ने व्यवस्था ल्याएको छ ।
बालश्रम विरुद्धको नीति
फोहोर संकलन क्षेत्रमा बालश्रमको प्रयोग हुने गरेको तथ्यलाई ध्यानमा राखेर नगरमित्रले बालश्रम विरुद्धको नीती अपनायको छ । यस संस्थाले कुनैपनी फोहोर संकलन काम वा संस्थामा बालश्रमको प्रयोग नगर्न अनुरोध गरेको छ ।
फोहोर सांकलन गर्ने कामदारहरुको लागि स्वास्थ हेरचाह र फाईदाहरु
यस संस्था आफ्ना सम्पूर्ण कामदारहरु र यस बाहेक २७६ जना व्यक्तिगत रुपले फोहोर संकलनमा लागेका कामदारहरुको स्वास्थ्य हेरचाह र फाईदाको लागि तत्पर छ ।यस संस्थाले वाटर प्रूफ ज्याकेट, ट्राउजर, पन्जा, मास्क, टोपी र जुत्ता जस्ता सेफ्टि सामग्रीहरु संस्था सँग आवद्ध र बाहिरी कामदारहरुलाई प्रदान गरेको छ ।
महिलाहरुले फोहोर छुत्याउन र पुरुषहरुले फोहोर थुपार्ने कार्य गर्दा अनिवर्य रुपमा यी सेफ्टि सामग्रीको प्रयोग गर्नु पर्ने नियम रहेको छ । यस संस्थाले फोहोर संकलन कामदार र परिवारका लागि पटक पटक निस्शुल्क स्वास्थ्य सिबिर र प्राथमिक उपचारको तालिम, औषधि र खोपको सुविधा पनि दिदै आएको छ ।
पदम राई, काठमाडौंको डल्लुमा रहेको एउटा फोहोर संकलन संस्थाका हकिम भन्नु हुन्छ, “नगरमित्र सँग आबद्ध भएर हामीले धेरै उपलब्धि हासिल गरेका छौ । हाम्रा कामदारहरुले धेरै फाईदाहरु पाएका छन् । उनीहरुलाई सेफ्टि सामग्री वितरण, प्राथमिक उपचारको तालिम र पटक पटक स्वास्थ्य सिविरमा डक्टरहरु सँग सर(सल्लाह गर्ने मौका प्रढान गरिएको छ । हामी एक्लेले फोहोर मैला संकलन र व्यवस्थापन गर्ने कामदारहरुलाई यी सुविधा दिन सक्ने थिएनौँ।
फोहोर संकलन र व्यवस्थापन गर्ने कामदारहरुका बालबालिकाको लागि शैक्षिक सहयोग
यस संस्थाले कामदारहरुका बालबालिकाहरुका लागि शैक्षिक सहयोग प्रदान गर्दै आएको छ । अहिले सम्म यस संस्थाले ९० कामदारहरुका बालबालिकाहरुको लागि ’सद््भाव छात्रवृत्ति’ प्रदान गरेको छ, जस अन्तर्गत शिक्षाको लागि चाहिने सम्पूर्ण सामग्रीहरु कपि, कलम, पेन, व्याग, युनिफोर्म आदि वितरण गरिन्छ ।
सरस्वती तामङ्, एक फोहोर संकलक भन्नु हुन्छ,’नगरमित्रले हामीलाई कमाउन मात्र नभएर अरु धेरै सहयोग गरेको छ । ती शैक्षिक सामग्रीहरु र युनिफोर्मले गर्दा मेरो छोरा छोरीलाई धेरै सहाएता भएको छ । मलाई धेरै राहत मिलेको छ ।“
नगरमित्रले अहिले सम्म १।३ करोड भन्दा बदि प्लास्तिक बोतलहरु री(साईकल गरेर ४९८ टन ग्रीनहाउस ग्यास घटाउन र २७६ फोहोर संकलन कामदारहरुको तलब १७५ ले बदाएर धेरै स्वास्थ्य हेरचाह, शैक्षिक आवश्यकतामा सहयोग पुर्याएर सामाजिक र वातावरणिय क्षेत्रमा सहयोग गरेको छ ।
नगरमित्र ले प्लास्टिक फोहोर संकलन गरेर एउटा उदाहरण दिएको छ । यस्तै अरु सामजिक संस्थाहरु मिलेर फोहोर व्यवस्थापन गर्न सक्छौं र देशको विकास गर्न सक्छौं । यदि फोहोर मैलाको हामीले राम्रो सँग व्यवस्थापन गर्ने हो भने हामीले धेरै फाईदा लिन सक्छौं । यही विश्व वातावरण दिवस देखि हामी पनि फोहोरलाई खेर नफालौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस